कांग्रेसले नपत्याएका पराजुलीलाई स्वतन्त्र पार्टीले संघको टिकट दिएर सम्मान गरे ।

शुक्रबार, भाद्र १० गते ।
मकवानपुर । नेपाली कांग्रेसले नपत्याएका भरत पराजुलीलाई रवि लामिछानेको स्वतन्त्र पार्टी नेपालले संघको टिकट दिएर सम्मान गर्दै पार्टीमा स्वागत गरेका छन् । स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सिफारिस भएका मकवानपुरका पुराना नेता पराजुलीले कांग्रेसले बुथमै नपत्याए पनि स्वतन्त्र पार्टीले संघको टिकट दिएको बताउनु भयो । उहाँले जहाँ बसेर भए पनि जनताकै सेवा गर्ने बताउदै स्वतन्त्र पार्टीमा प्रवेश गरेको जानकारी गराउनु भयो ।
मैले पार्टी छोडदैमा न कांग्रेसलाई फरक पर्छ न कोही नेतालाई नै । मलाई कांग्रेस र कांग्रेसप्रति आस्था राख्ने जनताको सधैं माया छ तर नेताले सधैं अवहेलना गर्दै आए । निराश हुँदै उहाँले गुनासो गर्नुभयो । म अब अघि बढिसकेको छु । म पनि लामो समय कांग्रेस नै हुँ केवल अब चुनाव चिन्ह मात्रै फरक हो । कांग्रेसहरुले पनि कहिले हसियाहथौडा कहिले कलममा भोट हालेकै हो, अब एकपटक मेरो लागि भोट हालिदिनुहुन पनि उहाँले अनुरोध गर्नुभयो । पार्टीको आफ्नै नेताहरुबाट सधैं अपहेलित भएर बसेका धेरै कांग्रेसका नेता एवम् कार्यकर्ता अब अन्य पार्टीमा जाने अवस्था रहेको पनि उहाँको भनाइ थियो । साथै कांग्रेस पार्टी अब धनवाद र चाकडीबादमा लागेको समेत उहाँले आरोप लगाउनु भयो ।