✍️ भुवन घलान

आइतबार, भदौ १२ गते ।

मकवानपुर । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस नेता चम्फुरत्न लामाले आफ्नो उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका छन् । हेटौंडा-१३, पदमपोखरीका लामाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र न: १ प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारी दिने बताएका हुन् ।

२०४६ सालदेखि राजनीतिमा आवद्ध भएका लामा हाल नेपाली काँग्रेसका बागमती प्रदेश कार्यसमिति सदस्य हुन् । राजनितीमा लागेदेखि हालसम्म जनताकै काममा आफ्नो जीवन समर्पण गरेका लामा जनताकै मतबाट निर्वाचित भएर जनताकै हितमा काम गर्ने  इच्छा भएको बताउँछन् । उनी नेपाली काँग्रेसको ११ औं, १२ औं र १४ औं महाधिवेशनका निर्वाचित प्रतिनिधी समेत हुन् ।