आइतबार, भदौं १२ गते ।

मकवानपुर । मकवानपुरको मनहरीमा धारिलो हतियार प्रहारबाट एकजना वृद्ध घाइते भएका छन् । शनिबार राति मनहरी-४ मसिनेमा धारिलो हतियार प्रहारबाट एक वृद्धा घाइते भएका हुन् । 

स्थानीय ४० बर्षीय गोविन्द मोक्तानले सोही स्थान बस्ने अन्दाजी ७१/७२ बर्षीय वृद्ध तुलराम थिङलाई  सामन्य विबादमा खुर्पा प्रहार गर्दा थिङ घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् । 
मोक्तानको खुर्पा प्रहारबाट थिङको टाउकोमा चोट लागेको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न सोही स्थान बस्ने १७ बर्षीय रोज रुम्बालाई समेत प्रहरीको नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।