आर्थिक सहयोगीदाता : भुवन थापा मगर

आइतबार, भदौ १२ गते ।

मकवानपुर । मकवानपुर मनहरी गाउँपालिकामा रहेको मनहरी क्लबलाई आर्थिक सहयोग प्राप्त भएको छ । मनहरी गाउँपालिका ९ ज्यामिरे ( मगरटोल ) निवासी हाल वैदेशिक रोजगारको शिलशिलामा (USA Grogea) अमेरिका रहनु हुने नेकपा एमाले मनहरी गाउँपालिका कमिटी सदस्य भुवन थापा मगरले आर्थिक सहयोग गरेको हो ।

क्लब र खेलाडीलाई थप उर्जा र प्रेराणा मिलोस् र उत्कृष्ट प्रर्दशन गरोस् भन्ने उद्देश्यले मगरले रु ३० हजार क्लबका कार्यकारी अध्यक्ष सुशील तामाङलाई पठाएको छ । विभिन्न फुटबल प्रतियोगितामा सक्रिय रहदै आएको मनहरी क्लबले मनहरी गाउँपालिका लगायत विभिन्न स्थानमा हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आईरहेको छ । स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै आएको क्लबले आर्थिक सहयोग गर्ने मगरलाई धन्यवाद ज्ञापन गरेको छ ।

युवाहरुलाई खराव बाटोबाट सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने उद्धेश्यले स्थापित क्लबले सामाजिकका कार्य र खेलकुद बिशेषत: फुटबलमा अगाडी बढाउँदै आईरहेको छ । साथै उक्त आर्थिक सहयोग क्लबले प्राप्त गरेको मनहरी फुटबल क्लबका कार्यकारी अध्यक्ष तामाङले बताए ।