सोमबार, भदौ १३ गते ।

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट स्वतन्त्र ब्यक्तिहरुले उम्मेद्वारी घोषणा गर्न थालेका छन् । यसै क्रममा मकवानपुरको क्षेत्र नंबर १ बाट २९ वर्षकी महिलाले स्वतन्त्र उम्मेद्वार घोषणा गरेकी छिन् ।

हेटौँडा उपमहानगरपालिका २ निवासी २९ वर्षकी दिपिका शर्माले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गरेकि हुन् । देशमा अहिलेका नेताहरुले काम गर्न नसकेकोले आफुले उम्मेद्वारी दिएको शर्माले बताईन् ।

अब देश बनाउन युवाहरुको पालो हो, दलिय ब्यवस्थाको नाउँमा राजनीतिक नेताले देशलाई सधै घात मात्र गरेको कारण आफुले स्वतन्त्र क्षेत्रबाट उम्मेद्वार दिएको उनको भनाइ छ । जनतालाई धेरै पटक चिल्ला र मिठा कुरा गरेर लोकतान्त्रलाई नै दुरुपयोग गर्दा पनि युवाहरु टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै उनले यो पटक जनताले स्वतन्त्र युवालाई विजयी गराउने बिश्वास व्यक्त गरिन ।