सोमबार, भाद्र १३ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवारी सिफारीस भएका भरत पराजुली यति बेला पार्टीको प्रशिक्षण कार्यक्रम सहभागी हुन काठमाडौं पुगेका छन् ।

३३ वर्षे काँग्रेसको राजनिति गरेका पराजुली पार्टीमा धन बहादुर र डन बहादुर हाबी भएको भन्दै गत हप्ता मात्रै रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएका थिए । काठमाडौंमा जारि स्वतन्त्र पार्टीको दुई दिने प्रशिक्षण कार्यक्रममा मकवानपुरबाट पराजुली र जिल्ला सभापति राजकुमार न्यौपानेसहित एक दर्जन कार्यकर्ता सहभागि भएका छन् । पार्टीले चुनाव केन्द्रीत प्रशिक्षण कार्यक्रम राखेको सहभागि मध्यका एक राममणी न्यौपानेले बताए ।
‘जनता सचेत भैसके अब पुराना पार्टी भित्र मौलाएको धन बहादुर र डन बहादुर साथै सुकुमबासिको नाममा राजनिति गर्दै देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खोक्रो पार्नेहरुको दिनगन्ती सुरु भएको छ’, पराजुलीले भने ।
‘अबको निर्वाचनमा जनताले नयाँ अनुहारलाई मतदान गर्नेछन्, चुनाव आएसँगै गाउँ आउँने नेताको झुटा आस्वसनलाई पत्याउँने छैनन् ।’ जनताको अवस्था परिवर्तन र राम्रो व्यवस्थापन गर्न युवाहरुको भुमिका हुनु पर्ने साथै पार्टी भित्रैबाट पनि सक्षम युवाहरुले विद्रोह गर्नु पर्ने तर्क उनको छ ।

‘देशमा भएका विभिन्न व्यवस्था परिवर्ततमा अहम भुमिका निर्वाह गरेका अघिल्ला पुस्ताका नेताहरुलाई आफुले सम्मान प्रकट गर्ने तर परिवर्तित व्यवस्थालाई उहाँहरुले राम्रो सँग व्यवस्थापन गर्न नसकेको कुरा स्वकार्नु पर्छ, जिल्ला सभापति न्यौपानेले भने ।

प्रशिक्षणपछि मकवानपुरको टिमसगको सामुहिक तस्वीर ।