शुक्रबार, भाद्र १७ गते ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवाल प्रदेशसभाको समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस भएका छन् । मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को बिहीबार बसेको बैठकले प्रदेशसभाको समानुपातिकतर्फ भेटवलसहित १८ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएर चर्चामा आएका भेटवालसहित १८ जनाको नाम सिफारिस भएको हो । साथै भेटवाल अहिले मकवानपुर काँग्रेस महासमिति सदस्य समेत हुनुहुन्छ ।