तस्बिर : दिपेन्द्र पोख्रेल ।

बिहीबार, चैत ०२ गते ।

मकवानपुर । कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । बिहिवार कांग्रेस नेता प्रकाशमान सिंह र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

नेता सिंहको निवासमा उनीहरुबीच छलफल भएको हो ।  छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।

साथै तरुण दल केन्द्रिय समिती बिस्तार भए पार्टी पनि मजबुत हुने कुरा समेत नेता सिंहले बताउनुभयो ।