तस्वीर : दिपेन्द्र पोख्रेल ।

सोमबार चैत ०६ गते ।

मकवानपुर । विगत लामो समयदेखी टीचिङ्ग अस्पताल (मनमोहनमा) उपचाररत नेपाल तरुण दलका पूर्व केन्द्रीय महासचिव एवम् युवा नेता पदम पालुङवाकाे उपचारका लागि नेपाल तरुण दलले आर्थिक सहयाेग गरेकाे छ । नेता पालुङवाकाे शीघ्र स्वाथ्य लाभको कामना गर्दै आज अस्पतालमा गएर तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ नेतृत्वकाे टाेलीले रु.१,३०,००० आर्थिक सहयोग हस्तान्तरण गरेकाे हाे ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय मुख्य सचिव ठान प्रसाद पोखरेल, तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा, तरुण दल सिन्धुपाल्चो अध्यक्ष सन्जय लामा, तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ, तरुण दल काभ्रे अध्यक्ष सुजन लामा लगायत अन्य तरुण महाधिवेशन प्रतिनिधिहरु तथा तरुण नेताहरुको सहभागिता रहेको थियो ।