काठमाण्डौ – १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन-शून्यले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।

आजको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् ।

यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी बनेका छन् ।