बुधबार, आश्विन १२ गते ।

मकवानपुर । मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले मकवानपुरको दुवै क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको हो ।

मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा युवा व्यवसायी टाकाराज थापा(सुरेश) र क्षेत्र नम्बर २ मा काँग्रेस मकवानपुरका पुराना नेता हाल स्वतन्त्र पार्टीमा रहेका भरत पराजुलीलाई उम्मेदवार तय गरेको छ ।

थापा लामो समय निमार्ण व्यवसायमा लागेका व्यक्ति हुन भने पराजुली नेपाली काँग्रेस बाट अलगिएर स्वतन्त्र पार्टीबाट निर्वाचनमा होमिन लागेका हुन् । पार्टीमा डन वाद र धन वाद हावी भएको भन्दै पराजुलीले आफ्नो तीन दशक देखिको काँग्रेसको राजनिति त्यागेर पुर्व सञ्चारकर्मि समेत रहेका रवि लामिछानेको पार्टीमा लागेका हुन् ।

दुवै उम्मेदवारले जनताको अवस्था बदल्नको लागि आफुहरुको उम्मेदवारी रहने भन्दै ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गराउन आग्रह गरेका छन् ।