शुक्रबार, आश्विन २१ गते ।

मकवानपुर । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छिनोफानो गरेको छ । एमाले मकवानपुरका अनुसार मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना र २ मा भने महेश बर्तौलाले टिकट पाएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट र ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाएका छन् भने क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल र ‘ख’ मा लालबहादुर थापाले टिकट पाएका छन् । पार्टीबाट टिकटको फाईनल लिष्ट आईसकेको बताउँदै एमाले मकवानपुर अब चुनावी अभियानमा लाग्ने पार्टी अध्यक्ष एकालाल श्रेष्ठले बताए ।