तस्वीर : दिपेन्द्र पोख्रेल ।

शुक्रबार, कार्तिक ०४ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले केपि ओलिको प्रवृत्तिलाई यो चुनावमा सिध्याउनु पर्ने बताएका छन् । आज आयोजित चुनाव लक्षित तरुणहरुसगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

साथै अध्यक्ष गुरुङले राजतन्त्र फाल्दै सगै हिमायती भएको एमालेले अहिले राजतन्त्रको नारा बोक्ने राप्रपासग अप्राकृतिक गठवन्धन गरेको बताएका छन् । त्यही एमालेको माधव नेपाल अहिले हामीसग हुनुहुन्छ । गुरुङले अझै हामीले धेरै गर्न बाकी छ, जनताको हकधिकार सुनिस्चित गर्नु छ त्यसैले गठवन्धनको उम्मेद्वारलाई देशैभरी जिताउन तरुण दल लाग्नु पर्ने बताए ।

जनताको त्याग र बलिदानबाट ल्याएको गणतन्त्र र बनाएको संविधान धुजा धुजा पारी च्यात्ने कार्यको बनेको बाम लोकतान्त्रिक गठवन्धनको उम्मेद्वारलाई जिताउनुको कुनै बिकल्प नरहेको गुरुङले बताए । तरुणहरुलाई व्यक्तिका कुरा सुनेर हिड्ने छुट नभएको र पुर्ण इमान्दारिको साथ गठवन्धनको उम्मेद्वारलाई जिताउन अध्यक्ष गुरुङले निर्देशन समेत दिएका छन् ।