आइतबार, माघ ०८ गते ।

मकवानपुर । प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तामाङको समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सोनाम ल्होसारको अवसरमा एक सन्देश जारी गर्दै सांसद भण्डारीले शुभकामना व्यक्त गर्नु भएको हो ।

सांसद भण्डारीले सोनाम ल्होसार तामाङ समुदायको मात्र नभई सिङगो नेपालीको राष्ट्रिय पर्व भएको समेत उल्लेख गर्नुभएको छ । बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक नेपाली समाजमा सोनाम ल्होसार लगायतका पर्वहरुले नेपाली समाजलाई एकताको मालामा गाँस्ने विषयमा  महत्वपूर्ण भूमिका खेल्दै आएको समेत सांसद भण्डारीले बताउनु भएको छ ।