मकवानपुर गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको सिट छिनोफानो गर्यो ।

बुधबार, भाद्र २९ गते ।
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभामध्ये कांग्रेस र एकीकृत समाजवादीले १/१ सिट लिने आन्तरिक सहमति भएको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको हो ।
कांग्रेस मकवानपुरको नेताका अनुसार सहमहामन्त्री डिनालाई मकवानपुरको क्षेत्र न: १ र एकीकृत समाजवादीलाई क्षेत्र न: २ दिने गरि सहमति भएको बताए । दुवै क्षेत्रबाट गठबन्धनलाई विजयी बनाउने गरी तालमेल गर्न लागिएको पनि उनको भनाइ छ ।
त्यस्तै प्रदेशसभातर्फ भने मकवानपुरको प्रतिनिधिसभा क्षेत्र न: २ को “ख” मा नेपाली काँग्रेस बागमती प्रदेशका प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, १ को “ख” मा काँग्रेस नेता आनन्दराम पराजुली, प्रतिनिधिसभा क्षेत्र न: २ को “क” मा कुमारी मुक्तान र १ को “क” मा बिजय गौतमलाई उमेदवार बनाउन करिबकरिब गठबन्धनमा सहमति बनिसकेको स्रोतले बताएको छ ।
साथै गत निर्वाचनमा खतिवडाले डिनालाई मकवानपुर २ मा पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिना ३४ हजार ९० मत ल्याएर पराजित भएकी थिइन् ।