आइतबार, कार्तिक ०६ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाका एमाले नेता बाबुलाल स्याङ्तानलाई काँग्रेस मनहरी पार्टी सभापति प्रकाश बर्ताैलाले कडा जबाफ फर्काएका छन् । केही दिनअघि नेपाली काँग्रेसका बागमती प्रदेश सभापति समेत रहनु भएका इन्द्रबहादुर बानियाँले कोरोना, बाढीपहिरो र विभिन्न बिपत्तिको समयमा यस क्षेत्रका बासिन्दालाई खाद्यान्न, लत्ताकपडा बितरण गर्दा एमालेका नेताहरु कता हुनुहुन्थ्यो भनेर नेपाली काँग्रेसका नेता बर्ताैलाले सार्बजनिक रुपमा प्रश्न गरेका थिए ।

काँग्रेस नेता बर्तौलालाई त्यसको जबाफ फर्काउँदै एमाले नेता स्याङ्तानले कुहिएको चामल र मस्यौरा बाँडेर जनतालाई मागी खाने बनाउने काम गरेको भन्दै ‘मनहरीतिरका सभापति कि के कुन्नि’ ले भाषण गरेको भनेर व्यंग्य गरेका थिए । स्याङ्तानले गरेको ब्यंग्यको प्रतिजबाफ दिदै नेता बर्ताैलाले मनहरी ९ रजैयामा हिजो (शनिबार) आयोजित गठबन्धनको कार्यक्रममा जबाफ दिएका हुन् । ‘उहाँले मलाई चिन्नु भएन छन् क्यारे तर म उहाँलाई चिन्छु । मलाई पनि चिनिराख्नुस्, म अब देशमा एमालेको काम छैन भनेर एमाले पत्तासाफ पार्नका लागि कसम खाएर लागेको एउटा सिपाही हुँ र मनहरीमा मेरै नेतृत्वमा एमाले पत्तासाफ भएको यहाँलाई जानकारी छ कि छैन ?’ बर्ताैलाले अघि भनेका छन्, ‘तपाई त्यही बाबुलाल होइन ? वडाध्यक्ष हुँदा रातसाँझ सेतो प्लेटको मोटरसाइकल दुरुपयोग भयो भनेर केटाहरुले कठालो समातेको ? त्यो घटनामा हामीले नै सहजीकरण गरेर पठाएको बिर्सनुभयो कि ?’ भन्दै स्याङ्तानलाई कडा जबाफ फर्काएका हुन् ।

बिस्तृत यो भिडियोमा हेर्नुहोस् ।