तरूण दललाई पूर्णता दिन देउवा र अध्यक्ष गुरूङबीच छलफल ।

मंगलबार, फागुन ३० गते ।
मकवानपुर । नेपाल तरूण दलको केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङबीच छलफल भएको छ । देउवा निवास धुम्बाराहीमा आज भएको छलफलमा तरूण दल केन्द्रिय समिति विस्तार गर्नेबारे कुराकानी भएको हो ।
देउवा निवास धुम्बाराहीमा आज भएको छलफलमा तरूण दल विस्तार गर्नेबारे कुराकानी भएको हो । तरूण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रूप दिनेबारे कुराकानी भएको अध्यक्ष गुरूङले बताउनु भयो ।
साथै नेपाल तरूण दल, ने.वि संघ लगायत कांग्रेसका अधिकांश भ्रातृ संस्था केन्द्रीय समितिविहीन रहेको छ ।