बुधबार, चैत १५ गते ।

मकवानपुर । नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सन्जय लामाले जिल्लामा करेन्ट लागेर मृत्यु भएकी नोर्ची वाङ्मु लामाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

जुगल गाउँपालिका ३ मा करेन्ट लागेर मृत्यु भएकी १४ बर्षिया बालिका नोर्ची वाङ्मु लामालाई अध्यक्ष लामाले आर्थिक सहयोग गरेका हुन् ।

उक्त सहयोग आज एक कार्यक्रमका बिच तरुण दल अध्यक्ष लामा र उनका जिल्ला कार्यसमितिको टिममार्फत रु, १ लाख ५ हजार रुपैयाँ सहयोग रकम मृतकको परिवारलाई हस्तान्तरण गरेका छन् ।